न्यूयोर्कमा हालसम्म २५,००० जनालाई सङ्क्रमण

मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। सङ्घीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

सङ्घीय सरकारले चार ४०० वटा भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे। न्यूयोर्कमा ३०,००० वटा भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल ७,००० वटा रहेको उनले बताए।

  • अमेरिका अर्को ‘केन्द्रबिन्दु’

न्यूयोर्कमा हालसम्म २५,००० जनालाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्यु भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रबिन्दु बन्ने सम्भावना रहेको बतायो।

ट्रम्प

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।

न्यूयोर्कबाट आउनेहरू क्वारन्टीनमा

अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क सहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ‘सेल्फ क्वारान्टीन’ अर्थात् एकान्तवासमा बस्न भनेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहर सङ्क्रमणको एउटा केन्द्रबिन्दु भएको बताए।

अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेकामध्ये दुईतिहाइ न्यूयोर्कमा छन्।

अमेरिकामा ५३,००० भन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। झन्डै ७०० जनाको ज्यान गइसकेको छ।

राष्ट्रपति ट्रम्पले भने, “हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। ईस्टर पर्वसम्ममा अमेरिकीहरू काममा फर्किनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।”

सम्बन्धित

Leave A Reply

Your email address will not be published.