नयाँ पत्रिका दैनिकका संवाददाता विष्ट सम्मानित

महेन्द्रनगर । कञ्चनपुरका सक्रिय पत्रकार मोहन विष्ट पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभाको अवसरमा नयाँ पत्रिका दैनिकका संवाददाता तथा नयाँ जनक्रान्ति दैनिकका समाचार संयोजक र प्रेस सेन्टरको प्रदेश पदाधिकारी समेत रहेका क्रियाशील पत्रकार मोहन बिष्टलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

लामो समयदेखि पत्रकार विष्ट पत्रकारितामा सकृय रहेका छन् । उनले समाजमा विपन्न ग्रामिण भेगदेखि पहुँच नहुने क्षेत्र वर्गका आवाज उठान गर्दै आएका छन् ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभामा विभिन्न जिल्लाका प्रेस सेन्टरका पत्रकारहरुलाई सम्मानित गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.