महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिबस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । शुक्रवार भीमदत्त नगरपालिकाले विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी,जनप्रतिनिधी सञ्चारकर्मीहरुसंग अन्तराष्ट्रिय महिला श्रमिक दिबसमा कस्ता कार्यक्रम गर्दा प्रभावकारी होला ? के कसरी कार्यक्रम मनाउन सकिन्छ ? भनेर छलफल गरेको हो ।
सहभागीहरुले महिलाहरुलाई बढी भन्दा बढी सहभागी गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिएका थिए । साप्ताहिक रुपमा यो कार्यक्रमको आयोजना गरिनु पर्ने र विभिन्न कार्यक्रमको आयोजना गर्दा सबै गैर सरकारी संस्थाहरु, अधिकारकर्मीहरु, सञ्चारकर्मीहरुले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
कार्यक्रमका सभाध्यक्ष एवम भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख निलम लेखकले दिवसको अवसरमा भीमदत्त नगरपालिका बाट श्रमिक महिलाहरु ,निर्वाचित महिला जनप्रतिनिधि , संघ सस्थामा कार्यरत महिला कर्मचारीहरु विच भलिबल, कबर्डी खेलहरुको आयोजना गरिने र रेडियो कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा कार्यरत महिलाहरु को जिवनमा आधारित रेडियो कार्यक्रमको पनि आयोजना गरिने भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख लेखकले जानकारी दिनुभयो ।
यो वर्षको राष्टिय नारा महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने रहेको छ ।
Comments are closed.