प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई फर्काउन सरकारले गम्भीरतापूर्वक लागेको छ ः प्रधानमन्त्री दाहाल

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आफनो चौथो दीक्षान्त समारोह सम्पन्न गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नु भयो । “सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे । “अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले ईजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत अध्ययन गर्न भनेर जानु भएका विधार्थीहरुको दुखद मृत्युवरण भएकाहरु प्रती श्रद्धान्जली व्यक्त गर्नु भयो । उहाँले वेपत्ता पारिएका विपिन जोशीको सकुसल नेपाल फिर्ता गर्नमा नेपाल सरकारले कुटनितिक पहल गरिरहेको बताउनु भयो । सम्पुर्ण दिक्षित हुनु भएका विधार्थीहरुलाई शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले विधार्थीहरुलाई यो स्थानमा पुय्राउने अभिभावकहरुलाई पनि धन्यवाद व्यक्त गर्नु भयो उहाँले कहिले पनि सिक्ने कुरामा पछाडी नभई अगाडी रहनु पर्ने बताउनु भयो । सुदूरपश्चिम विश्वविद्यालयले आईतवार दीक्षान्त समारोह सम्पन्न गरेको हो । प्रधानमन्त्री एव सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आथित्य रहेको थियो ।

सम्बन्धित

Comments are closed.