कोभिड–१९ विरुद्धकाे अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीनसँग अनुरोध

सरकारले कोभिड–१९ विरुद्धकाे अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीलाई फोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति प्रस्ताव गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रूत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकारबीच हुने जीटूजी (‘गभर्मेन्ट टु गभर्मेन्ट’ दुई सरकारका बीच) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको लागि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

दुवै देशका विदेश मन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन पनि छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.