समाजसेवी मल्लद्धारा विरामीलाई उपचार गर्न १० हजार नगद सहयोग

महेन्द्रनगर । डडेल्धुरामा दिन दुखी, विरामी समस्यामा पर्दा काम लाग्ने सहयोग गर्ने अन्तिम आशाको रुपमा रहेका समाजसेवी विनय प्रकाश मल्लले विरामीलाई आर्थिक सहयोग गर्नु भएको छ । डडेल्धुरको पशुराम नगरपालीका ५ परिगाउँ का एकजना ब्लड क्यान्सर बाट पिडीत युवालाइ आर्थिक सहयोग गर्नु भएको हो ।

स्थानिय ललीत बोहरा विगत लामो समयदेखी ब्लड क्यान्सर बाट पिडीत रहेका जानकारी पाउँना साथ तत्काल समाजसेवी मल्लले उपचार गर्न नगद १० हजार आर्थिक सहयोग गर्नु भएको पिडितका आमा कलावती देबी बोहराले बताउनु भयो । बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् । डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए ।

हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् । साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

सम्बन्धित

Comments are closed.