महेन्द्रनगर । थारु मग्गर गोत्यार समाजको दशौँ राष्टिय सम्मेलनको आज कञ्चनपुरको बेलौरी नगरपालिका २ मोतिपुर गाँउमा उदघाटन समारोह सम्पन्न भएको छ । उदघाटन समारोहका प्रमुख अतिथी थारु आयोगको अध्यक्ष विष्णु प्रशाद चौधरीले थारु समुदायमा ५ सय ३३ वटा उप थर रहेकोले भाषामा पनि एकरुपता नहुँदा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन समस्या भएको बताउनु भयो ।
थारु आयोगले समुदायमा भएको समस्या समाधानका लागी सम्बन्धित निकायमा सिफारिस मात्रै गर्ने कुरा बताउनु भयो । यसै गरी विशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगरप्राुख पोती लाल चौधरीले सबै गोत्यारहरु एकजुट हुँदा कस्ेलाई समस्या पर्दा सजिलै समाधान गर्न सकिने बताउनु भयो । साथै आफनो नगरपालिकामा बडघर भलमन्सा प्रणालस् ऐन निर्माण गरी चाँडो भन्दा चाँडो कार्यान्वयन गर्न कुरा जानकारी दिनु भयो ।
कार्यक्रममा थारु मगर गोत्यार समाजका केन्द्रिय अध्यक्ष भरथरी चौधरीको सभापतित्वमा र प्रमुख अतिथीमा थारु आयोगका अध्यक्ष विष्णु प्रशाद चौधरीले थारु मगर गोत्यार समाजको पुस्तक र क्यालेन्डर विमोचन गर्नु भएको थियो । यसैगरी विशिष्ट अतिथीमा बेलौरी नगरपालिका २ का अध्यक्ष कलविर चौधरी र समाजका संस्थापक अध्यक्ष मोती कुमार चौधरी रहेका थिए ।
Comments are closed.