बझाङ प्रदेशसभा १ मा एमाले उम्मेदवार भण्डारी विजयी

महेन्द्रनगर । बझाङमा भएकाे  प्रदेशसभाकाे उपचुनावमा  नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका हुन् ।

दमन भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले ११ हजार ३४६  मत प्राप्त गरेका छन् । त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन् ।

शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएको थियाे । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए ।

एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.