महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको एक आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उदघाटन गरिएको छ । सोमवार वेदकोट गरपालिका ५ धरमपुरमा रहेको आधारभुत स्वास्थ्य केन्द्रको कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले उदघाटन गर्नु भएको हो ।
४ कोठे भवनबाट अहिले वडा कार्यालयले सेवा दिने भएको छ भने, स्वास्थ्यले अर्काे भवनबाट सेवा दिने भएको छ । स्वास्थ्य सेवा अब पहिलेको वडाको भवनबाट प्रदान गरिने भएको छ । २०७९ बैशाख २७ गते नगर उपप्रमुखले शिलन्यास गरेको उक्त भवन एक वर्षमा निर्माण सम्पन्न भएको हो ।
४० लाखमा सम्पन्न भएको उक्त भवनले अबदेखी सेवाग्राही हरुलाइ नियमित सेवा प्रदान गर्ने भएको छ , उक्त कार्यक्रमा आफनो भनाइ राख्दै उपप्रमुख जोशीले पहिलेको स्वास्थ्य भवनबाट सेवा प्रदान गर्न समस्या भएको हुँदा अब वडा कार्यालय यो नयाँ भवनमा आएपछि र पुरानो भवनमा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा सहज हुने बताउनु भयो । पहिलेको भवनबाट सेवा प्रदान गर्न समस्या भएको हुँदा अबदेखी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सहज हुने बताउनु भयो ।
नयाँ भवनबाट वडा कार्यालयले आफनो सेवा प्रदान गर्ने भएर अब काम पनि छिटो छरितो हुने र सेवाग्राहीहरुको सहजता पनि हुने बताउनु भयो । साथै उहाँले निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले वडा कार्यालयले उपप्रमुख र अन्य सदस्यहरुको पनि नाम आउने गरी शिलालेख राखेको प्रती धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमका सभाध्यक्ष वेदकोट नगरपालिका ५ का वडा अध्यक्ष एवम नगर प्रवक्ता चित्रदेव भट्टले आर्थिक वर्ष २०७९÷८० मा प्रदेशको बजेट बाट समयमै काम सम्पन्न गरी आज हस्तान्तरण गरिएको बताउनु भयो । स्वास्थ्य भवन भएपनि वडाका सम्पुर्ण कामहरु यही भवनबाट संचालनमा रहने बताउनु भयो । पुरानो भवनमा सेवाग्राहीहरु आउनु भयो भने काम गर्न समस्या हुने भएकाले अब यो नयाँभवनबाट सेवाग्रीही हरुलाइ सेवा प्रदान गर्न सहज र छिटो छरितो हुने बताउनु भयो ।