महेन्द्रनगर । विजयी हुने दाबीसहित बझाङको प्रदेश सभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।
यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ । बझाङमा एमाले निर्वाचित हुँदा काँग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ ।
यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन् ।