वेदकोटमा ६ महिने कटाइ सिलाई तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा ६ महिने कटाइ सिलाई तालिम सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ७ सुडाले आयोजना गरेको ६ महिने कटाइ सिलाई तालिम मंगलवार एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो ।

वेदकोट नगरपालिकाको समन्वमा व्यावसायिक तथा सिप विकास तालिम केन्द्र महेन्द्रनगर, कञ्चनपुर र वेदकोट नगरपालिका ७ वडा कार्यालयको सहकार्यमा उक्त तालिमको आयोजना गरिएको थियो । २०८० असोज देखी सुरुवात भएको तालिममा वडामा रहेका दलित, जनजाती लगायत अन्य महिलाहरुलाई उक्त कटाइ सिलाई तालिम प्रदान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले यहाँ सिकेको सीपलाई आफनो व्यवहारमा लागु गरी आफनो परिवारको अर्थमा पहुँच बढाउनका लागी यो सिपले महत्वपुर्ण योगदान गर्ने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । आफनो अमुल्य समय दिएर यो तालिम लिनु भएका सबै महिला दिदिबहिनीहरुले आगामी दिनमा पनि आआफनो क्षेत्रमा गएर सबैले पसल खोल्न सक्ने वातावरण बनाउन पनि आग्रह गर्नु भयो ।

पालिकाले गर्ने सहयोगका लागी आफुले सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । साथै यो सिप सिकेर सबैले व्यवसायीमुखी भएर काम गर्न पनि उहाँले आग्रह गर्नु भयो । पहिलो चरणमा आफनै परिवारहरुका कपडाहरु सिलाएर आफनो हातलाई सफाइ दिन सकिने भउकाले आफै परिवारका सदस्यहरुले लगाउने लुगा सिलाएर सुरुवात गर्न सकिने बताउनु भयो । आफुले पनि कटाइ सिलाईको तालिम लिएको र आफुले पनि आफनो घरपरिवारका कपडाहरु सिलाउने गरेको बताउनु भयो ।

सिपले आय आर्जन गर्न सिकाउने भएकाले यसलाई निरन्तर आफनो जिवनमा लागु गर्न सकियो भने, कहिले पनि भोको बस्न नसकिने बताउनु भयो । समापन कार्यक्रमका सभाध्यक्ष एवम वडा अध्यक्ष थानेश्वरप्रशाद भट्टले सहभागीता जनाउनु भएका सबै महिला दिदिबहिनीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सिकेको सिपलाइ आफनो व्वहारमा पनि प्रयोग गरी आफनो पनि आयआर्जनमा वृद्धि गर्न आग्रह गर्नु भयो ।

तालिममा सहभागी हुनु भउका पुष्पा चौधरीले आफुले सिकेको सिपलाई व्यवहारमा लागुगरी पसल खोलेर आय आर्जन गर्न सक्षमा भएको बताउनु भयो साथै उहाँले यो तालिम प्रदान गर्ने वेदकोट नगरपालिका, वडा कार्यालय र सिप सिवकास कार्यालयलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.