सुदुरपश्चिममा थारु समुदायको पहिचान र अवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । सुदुरपश्चिममा थारु समुदायको पहिचान र अवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलवार थारु आयोगको आयोजनामा र थारु कल्याणकारिणी कञ्चनपुरको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको सभा हलमा आयोजना भएको उक्त कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु कुमार थारुको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा थारु आयोगको काम, गतिविधी, कसरी अगाडी बढाउने ? थारु समुदायका हकहितका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको नगर समन्वय समितिका अध्यक्ष किसन गमुवाले जानकारी दिनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य देवी लाल चौधरी सुदुरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरी, जिल्ला समन्वय समिति उप प्रमुख राम कुमारी राना, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी नगर उपप्रमुख जोगराम चौधरी, कृष्णपुर नगरपालिकाको नगर उपप्रमुख द्रोपती राना, थारु कल्याणकारिणी कञ्चनपुरका प्रतिनिधी भल्मन्साका प्रतिनिधी लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.