महेन्द्रनगर । डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । मंगलबार साँझबाट तुफान्डाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो अहिले नेकपा एमालेको पार्टी कार्यालय तथा डडेल्धुरा क्याम्पस मुनीसम्म पुगेको छ ।
अमरगढी नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । तर, पनि आगो नियन्त्रणमा आउन नसकेपछि प्रहरीले स्थानीयसँग सहयोग मागेको छ । प्रहरीले सदरमुकाममा बसोबास गर्दै आएका प्रत्येक घरधुरीबाट एक एक जना आएर आगो निभाउन सहयोग गर्न भन्दै माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दिपक कार्कीले बताए ।
उनले अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुख डढेलो लागेको क्षेत्रमा रहेर नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए ।
Comments are closed.