महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा छोटो समयमै सबैभन्दा बढी मन्त्री बन्ने अवसर नागरिक उन्मुक्ति पार्टीले पाएको छ। सुदूरपश्चिम प्रदेशमा संसदीय अंकगणितले निर्णायक मानिएको र प्रतिनिधित्व गर्ने उन्मुक्तिका सबै सांसद पछिल्लो ९ महिनामै मन्त्री बन्न अवसर पाएका हुन्।
प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सात सांसद मध्ये ६ जना मन्त्री भएकोमा बाँकी रहेकी टीका थापा पनि मंगलबार मन्त्रीमा नियुक्त भएसँगै दलका सबै सांसद मन्त्री हुने अवसर पाए । ति मध्ये कोही सात महिना र कोही महिना दिन अवधी सम्ममात्र मन्त्री बन्न सौभाग्य पाएका हुन्। अहिले सो पार्टीबाट सरकारमा कैलाश चौधरी र टीका थापा मात्रै सहभागी रहेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहको पालामा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरी, लक्ष्मणकिशोर चौधरी मन्त्रीमा नियुक्त भएका थिए । यस्तै, नव नियुक्त कैलाश चौधरी यसअघि राज्यमन्त्री नियुक्त भएका थिए भने इन्दिरा गिरी पनि राज्यमन्त्री भएकी छन्।
काँंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहको नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीबाट पहिलो पटक २०८० साउन १७ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र सोही मन्त्रालयको राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भएका थिए ।
नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच शक्ति संघर्ष सुरु भएपछि रन्जिता निकट रहेका कैलाशलाई बर्खास्त गरेर मुख्यमन्त्री कमल बहादुर शाहले रेशम निकटकी इन्दिरा गिरीलाई फागुन २५ गते भूमि व्यवस्था कृषि तथा सहरकारी राज्यमन्त्रीमा शपथ गराए ।सोही दिन नाउपाका घनश्याम चौधरी आर्थिक मामिला मन्त्रीमा र खुशीराम चौधरीले विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।
Comments are closed.