महेन्द्रनगर बजार क्षेत्रमा जथाभावी सवारी साधनहरुले पार्किङ गर्न नपाउने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा जथाभावी सवारी साधनहरुले पार्किङ गर्न नपाइने भएको छ । महेन्द्रनगर बजरमा ५ गल्लीमा बढी भिडभाड हुने भएपछि बजार अगाढी रहेको सडकहरुमा सवारी साधनलाइ पार्किङ गर्न निषेध गरिएको हो ।

बजार क्षेत्रमा सवारी साधनको चाप बढेको र सडकको दाँया बाँया जथाभावी सवारी साधन राखिदिनाले दुर्घटना जोखिम पनि बढेपछि भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले विहिवार जथाभावी पार्किङ गरिराखेका सवारी साधनलाई हटाएको छ । गल्लीको पछाडी पार्किङ गर्ने गरी सबै स्थानिय व्यापारीहरु, बैंकहरु लगायतकालाई जानकारी गराएको छ । एडीबीको सडक विस्तार लगायतको काम करिब अन्तिम चरणमा रहेको छ । अहिले गल्लीहरुको पछाडी रहेको खाली ठाँउमा पार्किङको व्यवस्था गरिएको छ ।

सबै भन्दा बढी दुइपाङग्रे सवारी साधनहरु अहिले संचालनमा रहेको अवस्थामा सडकमा जथाभावी गरिएको पार्किङले दुर्घटनाको जोखिम पनि बढेको स्थानियहरुले बताएका छन् । बजारमा भएको जथाभावी पार्किङले दुर्घटना पनि हुने र बजार नै कुरुप देखिने भएपछि एक हप्तामा सम्म सडकमा जथाभावी पार्किङ नगर्ने भन्नेखालको जनचेतना दिनका लागी कार्यक्रम गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।

अहिले जानकारी दिने कार्यक्रम गरिएको र पछि फेरी पनि सडकमा जथाभावी सवारी साधन पार्किङ गर्नेलाई कारवाही गरिने जानकारी दिए । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले महेन्द्रनगर बजारमा जथाभावी पार्किङले समस्या भएको र दुर्घटना पनि हुने सम्भावना भएकाले गल्लीको पछाडी पार्किङको व्यवस्था गरिएको बताईन् । सडकहरुमा पार्किङ गर्ने क्षेत्र लेखिएको बोर्डसहितको व्यवस्था गरेर सडकमा सवारीसाधनलाई सहजरुपमा गुडने व्यवस्था मिलाएर काम गरिने जानकारी दिइन ।

साथै बजारको सौन्दर्यतालाई काम राख्नका लागी पनि सवारी साधनलाई उचित क्षेत्रमा पार्किङ गर्ने व्यवस्था मिलाएको उपप्रमुख लेखकले जानकारी दिइन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नरेश विकले बजार क्षेत्रमा भएको अव्यवश्थित पार्किङलाई व्यवस्थित बनाउनका लागी आज बाट नै योजना बनाएर सबेलाई जनचेतना दिएर व्यवस्थित बनाउने उदेश्यका साथमा काम भईरहेको बताए ।

बजारमा रहेको गल्लीको पछाडी अहिले पार्किङको व्यवस्था मिलाएको भएर अबदेखी सबै सवारी साधनलाइ त्यही राख्न पनि उनले आग्रह गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.