बेलडाँडीमा ईमर्जेन्सी सेल्टर भवनको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ईमर्जेन्सी हाऊस निर्माण कार्यको बिहीवार संविधान सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले शिलान्यास गर्नुभएको हो । ईमर्जेन्सी सेल्टर हाऊस बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको बसपार्क नजिक निर्माण हुन लागेको हो ।

आपतकालिन अवस्थामा समेत बस्न हुने गरि भवन निर्माण गरिन लागेको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथले बताउनुभयो । आपतकालिन अवस्था श्रृजना भयो भने पालिका भित्र त्यस्तो भवन समेत नरहेकाले यो कार्य अघि बढाएको पालिकाले जनाएको छ ।

निर्माण कार्यका लागि संघिय परियोजना कार्यान्वयन एकाईबाट बजेट विनियोजन गरिएको छ भने बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पि. एन.बि. डेभलपर्स प्रा. लि.निर्माण कम्पनीले भ्याट बाहेकको ५८ लाख ५४ हजार ९ सय ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाइएको छ।

सेल्टर भवनको निर्माण कार्यको समायावधी २०८१ साल असार मसान्तसम्म रहेको निर्माण कम्पनीले जनाएको छ। कार्यक्रममा संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, बेलडाँडी गाउँपालिकाका प्रशासकीय अधिकृत वीर बहादुर ऐर,वडाध्यक्ष,कार्यपालिका सदस्य ,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.