महेन्द्रनगर । डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो हालसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार तुफानडाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो नेकपा एमालेको पार्टी कार्यालय तथा डडेल्धुरा क्याम्पसमुनीसम्म पुगेको थियो ।
अमरगढी नगरपालिकाको एउटा दमकल, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि हिजो दिनभर प्रयास गरेका थिए । त्यहाँ नियन्त्रण भएपनि आज बिहीबार उक्त आगो डिभिजन वन कार्यालयको दाँयापट्टीको जंगलमा पुगेको छ । अहिले आफ्नो टिमसहित त्यही खटिएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वन कार्यालयका सूचना अधिकारी रणेन्द सिंहले जानकारी दिए ।
उनले सहयोगका लागि सुरक्षा निकायलाई खबर गरिएको बताउँदै केहीछिनमा उनीहरु आउने जानकारी पाएको बताए । आफूहरुले नेपाली सेना र सशस्त्र प्रहरीलाई अग्नी नियन्त्रण सामग्री वितरण गरेकाले हाल ती निकाय आगलागी नियन्त्रणमा खटिने गरेको उनले बताए ।
Comments are closed.