कञ्चनपुरको दक्षिणी क्षेत्रमा एक निजी विद्यालय तिन वर्षदेखी ८ को बोर्ड परिक्षामा पालिका स्तरमै प्रथम

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको एक निजी विद्यालयले विगत तिन वर्षमा कक्षा ८ को बोर्ड परिक्षामा पालिका स्तरमै प्रथम स्थान हासिल गरेको छ । लालझाडी गाँउपालिका ४ जाई परसियामा रहेको भृकुटी ईङलिस बोर्डिङ स्कुलले विगत ३ वर्षदेखी कक्षा ८ को बोर्ड परिक्षामा पालिकास्तरमा विद्यार्थीले प्रथम स्थान हासिल गरेका हुन् ।

२०७८ देखी २०८० सम्म संचालन भएको बोर्ड परिक्षामा उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले अन्य विद्यालय भन्दा बढी जिपिए ल्याएर पालिकामा प्रथम भएको विद्यालयका स्थापक एवम कार्यकारी निर्देशक भक्ता रानाले बताउनु भयो । विद्यायलय २०६८ सालमा स्थापना भएको र अहिले बालविकास देखी कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त विद्यालयमा २ सय ७० जना विद्याथीहरुले अध्ययन गरीरहेको उहाँले बताउनु भयो ।

२०८० को कक्षा ८ को बोर्ड परिक्षामा १५ जना छात्रछात्राले परिक्षामा भाग लिएको र जसमध्ये १० जनाको ए प्लस, ४ जनाको ए र १ जनाको बि प्लस नतिजा आएको उहाँले बताउनु भयो । आफुसंग अहिले १४ जना दक्ष शिक्षक शिक्षिकाहरु रहेकोे र उहाँहरुले नै गुणस्तरिय शिक्षा दिएर विद्यार्थीहरुले आफनो पयिरक्षामा राम्रो नतिजा ल्याउन सफल हुनु भएको कार्यकारी निर्देशक रानाले बताउनु भयो ।

२०७८ सालमा तत्कालिन पालिका सरकारले पालिका स्तरमा प्रथम हुने विद्यालयलाई नगद ५० हजार सहयोग गर्ने उदघोष गरेको भएपनि आफनो विद्यालयलाई अहिले सम्म एक रुपैँया पनि सहयोग नभएको उहाँले गुनाशो गर्नु भयो । पालिका आफैले उत्कृष्ट हुने विद्यालयलाई सहयोग गनर्ते भनेर घोषणा गरेको भएपनि अहिले सम्म उक्त विषयमा कुनै पनि सुनवाइ नभएको उहाँले बताउनु भयो ।

२०७८ मा अनुमती पाए पश्चात नै आफना विद्यालयबाट सतप्रतिशत विद्यार्थीहरु उतिर्ण भएको विद्यालयका प्रिन्सिपल रामजती रानाले बताउनु भयो । विगतका दिन धेरे दुख गरेर यस्तो दुर्गम क्षेत्रमा विद्यालय खोलेर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको अवस्थामा विद्यार्थीहरुले पनि मिहिनेतका साथमा आफनो अध्ययन गरेर नै पालिकाम प्रथम स्थान हासिल गरेको उहाँले बताउनु भयो ।

साथै यह िविद्यालयबाट अध्ययन गरेर गएका विद्यार्थीहरुले अहिल राम्रो कलेजमा छात्रवृत्तीमा नाम निकाले कोही इन्जिनियर डाक्टर पाइलटको पनि अध्ययन गरिरहेको प्रिन्सीपल रानाले बताउनु भयो । विद्यार्थीहरुलाई पढाइको साथमा व्यवहारीक ज्ञान पनि सिकाइ गराइ उहाँहरुको सर्वाङगिण विकासमा पनि साथ र सहयोग गरिरहेको बताउनु भयो ।

साथै विगतमा पनि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको यो विद्यालयले आगामी दिनहरुमा पनि प्रविधी मैत्री विधीबाट सिकाइ गराउने अझ बढी गुणस्तरिय शिक्षा कसरी दिन सकिन्छ भनेर अभिभावकहरु संगको छलफल र सिकाइमा पनि नयाँपन ल्याउने प्रिन्सीपल रानाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.