महेन्द्रनगर । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य हरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापितहरुको सवाल र मध्यवर्ती क्षेत्रको सवालका सम्बन्धमा स्थलगत अध्ययन तथा छलफल गरेको छ ।
छलफलका क्रममा संसदीय समितिका सदस्यहरूले राष्ट्रिय निकुन्जबाट विस्थापितहरूका समस्या समाधानका लागि संयुक्त रूपमा सदनमा संकल्प प्रस्ताव नै लगेर सरकारलाइ निर्देशन गर्ने र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताका समस्या समाधानका विषयमा कानून मै संसोधन गरेर लैजान संसदमा अवाज उठाउने बताएका छन । स्गलगत अध्ययन टोलीमा माननीय सुर्य ढकाल, अमृतलाल राजबंशी, रुपा बि क का साथै कंचनपुर निर्वाचन क्षेत्र न १ का सांसद तारालामा तामाङ्ग, र क्षेत्र न ३ का सांसद रमेश लेखक, हुनुहुन्थो ।
यसका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापितहरुको सवालमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सचिव शिव दत्त बराल,फियान नेपालका प्रमुख अशोक सिँह लगायतलाइ संवाद समुह कंचनपुरका सदस्य विष्णु अवस्थी र गगन खत्रीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित गरिएकाहरुको समस्या र समाधानका उपायहरूका विषयमा जानकारी गराएका थिए ।
अध्ययन टोलिले आजै कंचनपुरको ढक्का शिविरको पनि भ्रमण गरेको छ । देशभरीका राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताहरू छलफल गरिसकेपछि सम्बन्धित निर्वाचन क्षेत्रका जनप्रतिनधीहरू, र पार्टीका प्रमुख सचेतकहरु संग बैठक गरि आवश्यक निर्णय लिने अध्ययन टोलीका संयोजक माननीय सुर्य ढकालले जानकारी दिनु भएको छ ।
Comments are closed.