दलहरुसंग छलफल, अघि बढिरहेको छ विश्वासको मत पाउँछु ः मुख्यमन्त्री सोडारी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन । शनिबार महेन्द्रनगरमा अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानको चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका हुन ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभामा प्रतिनिधीत्व गर्ने राजनीतिक दलहरुसंग छलफल, सम्वाद अघि बढिरहेकाले उनीहरुले विश्वासको मत दिनेमा आफु विश्वस्त भएको बताए । संघका स्थिर सरकार नहुँदा सोही अनुरुप प्रदेशमा समेत सरकार ढल्ने, बनाउने अवस्था सृजना भएको बताए । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार सहितका दलहरुसंग थप सम्वाद छलफल चलिरहेको बताए ।

केन्द्रमा सत्ता समिकरण परिर्वतन भएसंगै काँग्रेसबाट मुख्यमन्त्री भएका कमल शाहले राजिनामा दिएपछि ६ बैशाखमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीले विश्वासको मत पाउनका लागि पहिलो पटक २१ बैशाख र दोस्रो पटक २२ बैशाखमा प्रदेश सभामा समय माग गरेपनि विश्वासको मत नपाउने अवस्था आएपछि बैठक स्थगित गरिएको छ ।

सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई विश्वासको मत पाउन दुई पटकको प्रयास सफल हुन नसकेको छैन । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्रै ससदबाट विश्वासको मत ल्याउनुपर्ने व्यवस्था रहेको छ । अब मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन दुई साता छन ।

पुर्व एमाले नेता समेत रहेका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेबाटै अनेकन बखेडा झिकिन थालेपछि विश्वासको मत पाउने कार्यतालिका समेत लम्बिएको समाजवादीका नेताहरुको भनाई छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.