कञ्चनपुरमा पौँडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा पौँडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका पालिका वडा नम्बर ५ दोदा नदी भकुण्डामा शनिबार पौडी खेल्ने क्रम २ जनाको मृत्यु भएको हो। दोदा नदिमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ का अन्दाजी १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो ।

बेलौरी ४ बस्ने समीर सुवेदी र शिशिर बिष्ट घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइते सुवेदी र बिष्टको बेलौरीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित

Comments are closed.