डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटनामा २ जनाको मृत्यु भएको हो।

टिप्पर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिप्पर शनिवार राति साढे १० बजे दुर्घटना भएको हो । टिप्पर सडकबाट २५० मिटर थल खसेको प्रहरीले बताएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.