ठूला दलबीच सहकार्य आवश्यक छ ः प्रमुख सचेतक लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताए । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले सोमवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे।

’नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ’जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन्।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो। सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उहाँले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए। ’सहकारीको रकम अवचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्’, उनले भने, ’हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ।’

आगामी वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । साथै उहाँले गृहमन्त्री एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन । गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाएका हुन । प्रमुख प्रतिपक्षीय काँग्रेसका नेता समेत रहेका लेखकले सहकारी घोटाला काण्डमा मुछिएका गृहमन्त्रीमाथि संसदीय टोली गठन गरेर छानबिन गर्नुपर्ने माग दोहो¥याएका छन ।

लेखकले देशभरी सहकारीको अबौँ जनताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको नाम मुछिदा समेत सरकारले उनीमाथि छानबिन नगरेको दुखेसो पोखे । ‘काँग्रेस संसदीय दलले संसदमा समेत सहकारी ठगि प्रकरण छानबिन गरेर दोषि उपर कार्बाहीमा माग अघि सार्दै आएको छ, ‘लेखकले भने, ‘तर सरकारले सहकारी ठगिमाथि छानबिन गर्न आलटाल गरिरहेको छ ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.