सुदूरपश्चिममा दुई कार्यकाल पुरा नहुँदै पाँच सरकार

महेन्द्रनगर । दुई कार्यकालमा दुईवटा मात्र सरकार बन्नु पर्ने हो। तर सुदूरपश्चिममा पाँचवटा सरकार बनिसकेका छन्। छैटौ सरकार बन्ने संकेत पनि देखा परेको छ। पहिलो कार्यकाल पुरा भएर दोस्रो कार्यकाल सुरु भएयता सरकार बनाउने र गिराउने खेल जारी छ।

केन्द्रमा सत्ता फेलबदल हुने वित्तिकै प्रदेशमा झन उथलपुथल मच्चिने गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन झिकेपछि कांग्रेसका कमलबहादुर शाहको सरकार १० महिना नपुग्दै ढलेपछि एमाले, माओवादी, एक जना स्वतन्त्र सांसद र नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ पक्षीय) सांसदको समर्थनमा बैशाख ६ गते एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश सरकार बनेको दुुई कार्यकालमा सुदूरपश्चिममा पाँचवटा सरकार बनिसकेका छन्। पहिलो प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र एक भएर चुनाव लडेका थिए। २०७४ फागुन ११ गते माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए। तर, २०७६ मा नेकपा विभाजन हुन पुगेको थियो।

त्यसपछि एमाले र माओवादी आ–आफ्नो पुरानै हैसियतमा फर्किन पुगेका थिए। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्न पुगेको हो। त्यसबेला कांग्रेससहितको नयाँ गठबन्धन बनेको थियो। अन्य प्रदेशमा मुख्यमन्त्री फेरबदल भए पनि सुदूरपश्चिममा भने मुख्यमन्त्री भट्ट नै कायम रहन पुगेका थिए।

२०७६ माघमा मुख्यमन्त्री त्रिलोचन भट्टकै नेतृत्वमा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको सरकार बनेको थियो। त्यतिबेला एमालेले पाएका मन्त्रालय माओवादी र समाजवादीलाई बाँडिएको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.