महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक महिने निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको हो । भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखक जोशीको बिषेश पहलमा पालिकाको रोजगार प्रवद्र्धन शाखा अन्तर्गत तालिम सञ्चालन गरेको हो ।
पहिलो चरणमा भीमदत्त नगरपालिका वडा नम्वर १ देखी १० सम्मका १७ जना महिलाहरुलाइ सवारी चालक तालिम प्रदान गरिएको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले बताउनु भयो । जिविकोपार्जन गर्ने गरी बाँकी एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको बताउनु भयो ।
अर्काे वर्षमा बाँकी रहेका वडाका महिलाहरुलाइ समेटेर अध्यक्षको सिफारिसमा महिलाहरुको छनौट गरी सबैलाई समेटने गरी तालिम प्रदान गरिने उहाँले बताउनु भयो । उहाँले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यावसयिक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनु भयो ।
सीप भएका मानिसलाई कामको दुःख नहुने र पुरुष सरह महिलाहरुले पनि काम गर्न सक्छन भनेर उहाँहरुको मनोबल बढाउन र सिकेको सिपलाइ व्यावसायिक रुपमा आफनो जिवनमा लागु गरी जिवनयापन गर्ने गरी सिप सिक्न आग्रह गर्नु भयो ।
चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगर उपप्रमुख लेखकले बताउनु भयो । भीमदत्त नगरपालिकाको रोजगार प्रवद्र्धन शाखा संयोजक कृष्ण चन्दले स्वरोजगार बन्न रोजगार सिर्जना गर्ने उद्येस्यले एक महिने निशुल्क तालिमको आयोजना गरिएको बताउनु भयो ।
यस्तै सहभागी पुस्पा नाथले यो तालिमबाट सिकेको सिपले आफनो खुट्टामा उभिएर काम गर्ने योजना बनाउने उद्येस्यले तालिममा सहभागिता जनाएको बताउनु भयो ।