महेन्द्रनगर। कञ्चनपुरमा रहेका सरकारी तथा निजी विद्यालयले लिईरहेको भर्ना शुल्क रोक्न मागसहित ज्ञापन पत्र बुझाईएको छ । सत्ताधारी नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले जिल्लामा रहेका सरकारी तथा निजी विद्यालयले लिईरहेको भर्ना शुल्क रोक्न माग अघि सारेका हुन ।
मंगलबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाउदै जिल्लामा रहेका सरकारी तथा निजी विद्यालयले लिईरहेको भर्ना शुल्क रोक्न माग अघि सारेका हुन । अनेरास्ववियु कञ्चनपुरका संयोजक अमर बहादुर धामीले विद्यार्थीबाट भर्ना शुल्क अशुली रोक्नेदेखि जिल्लाभरी भईरहेको बेथिति रोक्न माग अघि सारेर प्रशासनको ध्यानाकर्षण गराएको बताए ।
उनका अनुसार भर्ना शुल्क सहित १०बुदे माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए । भीमदत्त नगरपालिकामा संचालित एडिबिको कार्यक्तममा बेथिति, गुणस्तहिन भईरहेको त्यसतर्फ ध्यान दिनुपर्नेमा जोडदिए ।
भीमदत्त नगरपालिका सडकमा परेका २२ सटर सोही स्थानमा केही व्यक्तिहरुलाई बिना प्रतिस्पर्धा बाँकी रहेको करिब ४मिटर जमिन सटर बनाउने दिने नगरकाले गरेको सम्झौता कानुन विपरित रहेको दावि गरेको छ ।एकीकृत फोहोरमैला व्यवस्थापन कार्य शुचारु, एयरपोट निर्माणदेखि जिल्लाभरी रहेको अतिक्रमण हटाउनुपर्ने, राष्ट्रिय गौरबका योजना कार्यान्वयनमा जोडदिएको छ ।
अनेरास्ववियुका जिल्ला संयोजक अमर बहादुर धामी र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष दिनेश विष्टले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले युवा संघ र अनेरास्ववियुले अघि सारेका माग बारे प्रशासन गम्भिर भएको बताए।