कञ्चनपुरमा दुई जना फरार दोषी पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा कुटपिट मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन्।जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटबाट गणेश पौडेल पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा यही बैशाख १४ गते दोषी ठहर गरेको थियो। र उनी फरार भएका थिए। इलाका प्रहरी कार्यालय बेल्डाडीले सोमबार नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएकोमा अदालतले पौडेललाइ कारागार चलान गरेको हो। कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्।

जिल्लाको बेदकोट नगरपालिका– ७ की ३० वर्षीया भागरथी विष्ट आज (सोमवार) पक्राउ परेकी हुन्। उनलाई अदालतले जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेकी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित

Comments are closed.