गैरा बजारको चक्काजाम खुल्यो, बस चालक पक्राउ

महेन्द्रनगर । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा गरिएको चक्काजाम खुलेको छ । प्रहरीका अनुसार केहीबेरअघि मात्रै चक्काजाम खुलेको हो ।सोमवार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुपप्र ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्ववडाध्यक्ष पूर्णबहादुर ऐरको निधन भएको थियो ।

दुर्घटनापछि बस चालक फरार रहेका थिए । बस चालकको तत्काल खोजी गरी कारबाही गरिनुपर्ने माग गर्दै स्थानीयले हिजो साँझ साढे ४ बजेदेखि गैरामा चक्काजाम गरेका थिए ।

बस चालक बैतडीको पाटन नगरपालिका–१ का चन्द्रदेव पन्त पक्राउ परिसकेका र कानुन अनुसार कारबाही गरिने सहमतिपछि केहीबेरअघि मात्रै चक्काजाम खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए ।

उनका अनुसार बस चालकलाई मालाखेती प्रहरीकै हिरासतमा राखिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.