महेन्द्रनगर । उच्च अदालत दिपायल महेन्द्रनगर कञ्चनपुरमा कानुन दिवस मनाईएको छ । बुधबार एक औपचारिक कार्यक्रमका माझ उच्च अदालत दिपायल महेन्द्रनगरको सभा कक्षमा ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मुल नाराका साथ उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास र कञ्चनपुर जिल्ला अदालतको संयुक्त आयोजनामा दिवस मनाईएको हो।
कार्यक्रमका सभापति समेत रहेका उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधिश दिनेश प्रसाद यावदले न्यायालयले हरेक अन्यायमा परेका नागरिकलाई न्याय दिने थलो भएकाले न्याय सम्पादनमा विश्वसनियता कायम हुनुपर्नेमा जोड दिनु भयो । उनले भने “जनतालाई न्यायको पहुँचमा पुर्याएर कानुनी ज्ञान समेत दिनुपर्ने आवश्यता रहेको बताउदै निष्पक्ष न्याय सेवाका लागि प्रतिबद्धता समेत जाहेर गरेका छन ।”
उच्च अदालतका न्यायाधिश उज्वल शुक्लले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको रूपमा न्याय सम्पादन हुनसके न्यायालयको गरिमा बढने विश्वास व्यक्त गर्नुभयो । उनले भने “उच्च अदालत दिपायल महेन्द्रनगरले न्याय सम्पादनमा उकृष्ट काम गरिरहेको बताए ।”
यस बर्ष उच्च अदालत दिपायल महेन्द्रनगरमा दर्ता भएका जम्म ८ सय ४ मुद्वा मध्ये ५ सय तीस मुद्वा फैसला भएको र अरू चालु रहेको बताए । कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश लिलानाथ अधिकारीले न्यायालयमा देखिएका समस्याहरूलाई आगामि दिनहरूमा सुधार गरिनु पर्नेमा जोड दिए । उनले भने “सबै क्षेत्रबाट कानुनको सहि प्रयोग भए कसैले पनि कानुनी झमेला व्यहोर्नु नपर्ने बताउदै कानुनको कार्यान्वयनमा राज्यले समेत सजक भएर ध्यान पर्छ ।”
कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले न्यायिक क्षेत्रलाई अझ राम्रो बनाउन नागरिकलाई कानुनी ज्ञानको खाचो रहेको बताएका छन् । उनले भने “धेरै जसो घटना हुने कारणनै कानुनी अनविज्ञताले हुने गरेको पाईएकाले त्यस तर्फ समेत सबैपक्षले ध्यान दिनु पर्नेमा जोड दिए ।”न्यायिक सेवालाई प्रभावकारी बनाएर नागरिक र न्यायालय विचको सम्बन्ध सुदृढ बनाउन सके अझै न्यायिक कार्य सम्पादनमा विश्वास बढने प्रमुख जिल्ला अधिकारी अधिकारीले जोड दिनु भयो ।
नागरिक समाजका अगुवा लिलाध्वज बस्नेतले केही न्यायमूर्तिहरु ठुला महल ठट्याउन मात्रै केन्द्रीत भएकाले न्यायमा सबै जनताको पहुँच नभएको तर्क राखेका छन। उनले निष्पक्ष न्यायका लागि न्यायमूर्ति अग्रसरमा जोडदिए । उच्च अदालत बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र विष्टले न्याय सेवा प्रभावकारीमा जोडदिए ।
जिल्ला बारका अध्यक्ष नरेन्द्र सिहले जताजतै यस्तै होनि भन्ने भाष्य सबैले चिर्नुपर्ने बताए । नेपाल बार काउन्सिलका सदस्य प्रकाश बहादुर पाण्डेयले कानुन दिवस कार्यक्रममा वास्तविक न्याय पाएका सेवाग्राहीको अनुभूति सुन्नका लागि ल्याउन सके कानुन थप सार्थक हुने बताए। हामिले न्यायका पक्षमा वकालत गरेको अनुभूति र न्यायलयले राम्रो न्याय सम्पादन गरेको कुरालाई समेत अगााडि ल्याउन सके अझै राम्रो हुनेमा पाण्डेले धारणा राखे ।
उनले भने “न्याय क्षेमा देखिएका केही विकृतिलाई सच्याउदै जान सके जनताको विश्वास अझै कायम हुुन्छ ।” पछिल्ला दिनहरुमा अदालतमा विकृती बढिरहेका बेला वास्तविक पीडितले न्याय नपाउने अवस्था उत्पन्न भएकाले स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रूपमा न्याय सम्पादन हुनुपर्ने कार्यक्रममा सहभागिहरूले जोड दिएका छन् ।