धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु

महेन्द्रनगर । कैलालीको धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु भएको छ। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहर बिक्री गर्ने काम सुरु भएको हो।

उपमहानगरपालिकाले करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहर बिक्री गर्न लागेको छ। उपमहानगरपालिकाले फोहर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरिसकेको छ। उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहर बिक्रीबाट सङ्कलन गर्ने योजना छ।

उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो। उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ।

कम्पनीले आइतवारदेखि वर्गाीकृत फोहर ढुवानी सुरु गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाप्रमुख अशोक अवस्थीले बताए।उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी÷एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र

बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरिदैछ। यस्तै, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री थालिएको हो। टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरु गरिएको छ।

सम्बन्धित

Comments are closed.