महेन्द्रनगर । कञ्चनपुरमा जिल्ला स्तरिय लैङगिक हिंसा सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमको आयोजनामा जिल्लामा रहेका सरोकारवाला निकायहरु, विभिन्न गैरसरकारी संस्था, नौ वटा पालिकाका प्रमुख,उपप्रमुखहरु, जिल्ला समन्वय समितिका प्र्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रममा लैङगिक हिंसासंग सम्बन्धित निकाय संस्थाहरुले आफनो कार्यक्रमहरुको बारेमा जानकारी प्रस्तुत गरेका थिए । लैङगिक हिंसा प्रभावितहरुलाई एकद्धार प्रणालीबाट सेवा प्रदान गर्नका लागी आवस्यक पर्ने योजनाहरु चुनौती समस्या र सुधार गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो ।
साथै, जिल्लामा लैङगिक हिंसाबाट प्रभावित महिला बालबालिकाको लागी दिर्घकालिन आवास गृह संचालन सम्बन्धमा, लागु औषध दुव्र्यशन नियन्त्रण तथा पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धमा, र संयुक्त राष्ट संघको सुरक्षा परिषदको निर्णय नं १३२५ र १८२०का सम्बन्धमा छलफल भएको थियो ।
सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमले नेपालको विकासको मार्गमा खडा भएको संरचनात्मक लैङगिक विभेदलाई सम्बोधन गर्ने, असमान लैङगिक सम्बन्ध परिवर्तन गर्ने विषयलाई सम्बोधन गर्ने जनाइएको छ । साथै सरकार निजी क्षेत्र समुदाय र परिवार आफै लगायत समाजको प्रमुख क्षेत्रलाई सशक्त बनाएर सामाजिक रुपान्तरणलाई समर्थन गर्ने र किशोरी र महिलाको अधिकार प्रवर्धन गर्ने कार्यक्रमको उदेश्य रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले अहिले पनि हाम्रो समाजमा बालबालिकाहरुको महिलाहरुको सम्बन्धमा विभिन्न समस्याहरु रहेको अवस्थामा लागुऔषधले गर्दा नै पछिल्लो समयमा महिला हिंसाका घटनाहरु भईरहेको प्रहरीको तथ्याङकले देखाएको भएर यसलाई कसरी कम गर्न सकिन्छ, प्रभावित हुनु भएकाहरुलाई कसरी एकद्धार प्रणालीबाट सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा वैठकमा छलफल भएको बताउनु भयो ।
साथै हिंसाबाट प्रभावित हुनु भएका महिला बालबालिकाहरुलाई न्याय दिनका लागी उहाँहरको सुरक्षाको विषय पनिमहत्वपुर्ण भएको हुँदा त्यो बेलामा सम्म सेभहाउसमा राख्ने उनिहरुलाई आश्रय स्थलको आवस्यक्ता पर्ने भएको हुँदा त्यो समस्यालाई कसरी सहजता गर्न सकन्छि भनेर छलफल गरिएको बताउनु भयो । अहिले जिल्ला कारागारमा लागु औषधका दुव्र्यशनीको मुद्धा पनि बढेर राख्ने ठाँउ सम्म नभएको अवस्थामा यसलाई पनि कसरी रोकथाम गर्न सकिन्छ भनेर पनि छलफल भएको जिल्ला समन्बय प्रमुख बोहराले बताउनु भयो ।
महाकाली प्रादेशिक अस्पतालका कार्यरत नर्सिङ निरिक्षक र एकद्धार अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का सम्पर्क व्यक्ती सिता खडकाले अहिले आफुहरुले लैङिगक हिंसाबाट प्रभावित हुनु भएका हरुलाइ अस्पतालबाट सबै व्यक्तीहरुलाई सेवा दिइरहेको र न्याय पाउनका लागी दिर्घकालिन आवास गृहको आवस्यक्ताको विषयमा यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथी संस्थाका जिल्ला संयोजक उर्मिला शाहीले आफुहरुले संचालन गरेको सुरक्षित आवास गृहमा आर्थिकभार थपिएको र पालिकाहरुले पनि सहयोग नगरिदिदा हिंसा प्रभावित बालबालिका, महिलाहरुलाइ सेवा दिन समस्या भएको बताउनु भयो । जनप्रतिनिधीहरुले केही मात्रामा आर्थिक सहयोग गरिदिनु भयो भने हिंसाबाट प्रभावितहरुलाई सेवा प्रदान गर्न सहज हुने बताउनु भयो ।
Comments are closed.