महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रमिकहरुलाई काम गर्न सहजता होस भनेर विभिन्न काम गर्ने औजारहरु सहयोग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिकामा सञ्चालनमा आएका वडाहरुमा कार्यरत श्रमिकहरुलाई काम गर्न सहजता होस भनेर उहाँहरुको सुरक्षाको लागी बेल्चा, हाते ठेला हसिया, गैँठी, साबेल, हाते पञ्जा, खुट्टामा लगाउने बुट, माटो बोक्ने तस्लाहरु लगायतका सामग्रीहरु वडा मार्फत श्रमिकहरुलाइ सहयोग गरिएको हो ।
अहिले भीमदत्त नगरपालिकाका वडा नम्वर २,३,४,९,१३,१४,१५,१९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको भएर उक्त वडाहरुमा ती सामग्रीहरु वितरण गरिएको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले बताउनु भयो । गत वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्न जाँदा महिला दिदिबहिनीहरुले काम गर्दा औजारको अभावले समस्या भएको जानकारी गराए पछि उहाँहरुको सहजतालाइ मध्ये नजर गर्दै यो वर्षमा आफनो पहलमा बजेट विनियोजन गरिएको बताउनु भयो ।
औजारहरु वितरण गरेपछि अहिले उहाँहरुलाइ छिटो छरितो काम गर्न सहजता भएको श्रमिकहरुले बताएको उहाँले जानकारी गराउनु भयो । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक मर्मत गर्ने, कुलो निर्माण गर्ने, विद्यालयको पर्खाल मन्दिरको पर्खाल निर्माण गर्ने लगायतका कामहरु भइरहेको भीमदत्त नगरपालिकाका रोजगार संयोजक कृष्ण चन्दले बताउनु भयो ।
संघिय सरकार, भीमदत्त नगरपालिका र वडा कार्यालयको सहकार्यमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको बताउनु भयो । सर्सत अनुदानको रकमलाई ज्यालामा मात्रै खर्च गर्नु पर्ने व्यवस्था अनुरुप अन्यमा खर्च गर्न नमिल्ने भएपछि भीमदत्त नगरपालिकाका उपप्रमुखले बजेट विनियोजन गर्नमा अहम भुमिका निर्वाह गरेपछि औजार खरिद गर्न सफल भएको बताउनु भयो ।
आफनो समुदायमा कामहरु गर्नका लागी आफनै घरबाट औजारहरु ल्याउनु पर्ने बाध्यता रहेकोमा अब औजार पाएपछि काम गर्न सजिलो भएको भीमदत्त नगरपालिका १४ का विष्णुदेवी थापाले बताउनु भयो । वैजनाथ आधारभुत विद्यालयमा पर्खाल निर्माण गर्ने काममा लागेको र औजार पाएपछि काम गर्न सजिलो र छिटो भएको बताउदै, उपप्रमुखलाई धन्यवाद व्यक्त गर्नु भयो ।
हामी जस्तो श्रमिकहरुको पिरमर्का बुझेर महिलाहरुलाइ काम गर्न सहज वातावरण बनाएको प्रती भीमदत्त नगरपालिकालाइ पनि धन्यवाद व्यक्त गरे ।
Comments are closed.