उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रमबाट खाद्यन्न पाएपछि मुहारमा खुसी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफनो पालिकामा रहेका असाहय, विपन्न, गरिब, एकल महिला, विपन्न दलितहरुलाई खाद्यन्न सहयोग गरेको छ । उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रम अन्तरगत ३२ जनालाइ चामल, तेल, नुन, तरकारी, दाल, आटा, मसला लगायतका खाद्यन्न सामग्रीहरु सहयोग गरिएको हो ।

वडाले अति विपन्न, गरिब, दलित रहेको सिफारिसको आधारमा उपप्रमुख गरिव विपन्न सहयोग कार्यक्रमले खाद्यन्न सामग्रीहरु वितरण गर्ने गरेको छ । वडाबाट आएको सिफारिसको आधारमा आफुहरुले अध्ययन गरी आवस्यक छ वा छैन् हो वा होइन भनेर एकिन पश्चात नै खाद्यन्न सामग्रीहरु वितरण गरेको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले जानकारी दिनुभयो ।

गत वर्षदेखी संचालन गरिएको यो कार्यक्रमको सकारात्मक प्रतिक्रिया आएपछि यो वर्षमा पनि संचालन गरी आफनो पालिकामा रहेको विपन्न, असाहय गरिबहरुलाई आफैले घरदैलोमा गएर सामग्री वितरण गरेको उहाँले बताउनु भयो । अहिले पनि पालिकामा आफैले काम गरेर खान नसक्ने, विरामीहरु, एकल महिलाहरु विपन्न परिवार दलित परिवारहरु धेरै रहेको अवस्थामा उहाँहरुलाई स्थानिय सरकार पनि साथ र सहयोगका तत्पर रहेको आभाष दिलाउन र उहाँहरुको समस्यामा थोरै भएपनि मलहम लगाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख लेखकले बताउनु भयो ।

भीमदत्त नगरपालिका ३ का सकुन्तला कोलीले आफनै घरमा आएर उपप्रमुखले दिएको सहयोग प्रती धन्यवाद व्यक्त गर्नु भयो । श्रीमानको क्यान्सरले मृत्यु भएपछि एकल हुनु भएको उहाँलाई खान पनि समस्या भएको थाहा पाएपछि उपप्रमुख लेखकले आफै गएर खाद्यन्न सहयोग गर्नु भयो ।

यस्तै भीमदत्त नगरपालिका १३ का मथुरा दमाईले पालिकाले दिएको खाद्यन्न सहयोगले आफुलाई खुसी लागेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.