भीमदत्त नगरपालिका –११ द्वारा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका –११ भुजेला स्थित महाकाली जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । आइतबार भीमदत्त नगरपालिका वडा नम्बर –११ ले विद्यालयमा कक्षा ६ र कक्षा ७ मा अध्ययनरत ३२ जना विद्यार्थीलाई विद्यालय पोसाक (टि सर्ट र ट्रयाक सुट) वितरण गरेको वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्।

वडा अध्यक्ष प्रकाश थापाले विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास व्यक्त गरे । विद्यार्थीलाई एक÷एक सेट ट्रयाकसुट र एउटा टिसर्ट वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास गरिएको छ ।

साथै विद्यालयका प्रधानाध्यापक तर्क राज जोशीले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्दै आएको र विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताएका छन्।

सम्बन्धित

Comments are closed.