प्रदेश प्रमुख मिँया ः मधेसी समुदायलाई अगाढी ल्याउन आयोगको भुमिका महत्वपुर्ण हुनुपर्छ

महेन्द्रनगर । सुदूरपश्चिमका माननिय प्रदेश प्रमुख नजिर मिँयाले मधेसी समुदाय अहिले पनि पछाडी परेको बताउनु भयो । सोमवार जिल्ला समन्वय समितिको हलमा मधेसी आयोग ज्यागल ललितपुरद्वारा आयोजित मधेसी समुदायको सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका प्रदेश प्रमुख मिँयाले अहिले पनि मधेसी समुदाय पछाडी रहेको अवस्थामा उनिहरुको चेतनालाई, समस्यालाई, अगाडी बढाउन कार्यमा आयोगको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

अहिले देशमा पछाडी पारिएका समुदायको आयोग रहेको र आफु संविधान सदस्य हुँदा राज्यलाई संवैधानिक आयोगको आवस्यक्ता रहेको महसुस रहेको बताउनु भयो । आफुहरुले ठुलै संघर्ष गरेर यी आयोगहरु गठन गरेको स्मरण गर्दै, आर्थिक सामाजिक, शैक्षिक, विभिन्न विषयमा पछाडी रहेको बताउनु भयो । पछाडी पारिएको समुदायलाइ साथमा साथ मिलाएर लैजान सकिँदैन भने, देशमा विकास नहुने बताउनु भयो ।

“अहिले पवनि दलित, अल्पसङ्ख्यक र विपन्न वर्गहरू माथि उठ्नै सकेका छैनन्” उहाँले बताउनु भयो, “अहिले पनि मुलुकमा मधेसी, आदिवासी, दलित, विपन्न, महिला, पिछडिएका समुदाय शोषित, उपेक्षित र उत्पिडित रहेका छन्” । यस्तै कार्यक्रमका सभाध्यक्ष एवम मधेसी आयोगका माननिय सदस्य आभा सेतु सिंहले अहिले संघियतामा आइरहँदा तिनै तहको सरकार भईरहँदा संविधानले दिएको अधिकार महसुस भएको छ वा छैन भनेर पनि जानकारी दिन आजको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

दुई तिहाइभन्दा बढी जनसंख्या रहेको आदिवासी, जनजाति, मधेसी, महिला, मुस्लिमलगायत उत्पीडनमा, पहिचानको संकटमा, राजनीतिक रूपमा विभेदमा र आर्थिक रूपले शोषणमा र सामाजिक रूपमा विभेदमा रहेको बताउनु भयो । यो समस्यालाई उपेक्षित गरेर मुलुकमा शान्ति, स्थिरता र समृद्धि आउन नसक्ने उहाँको भनाई थियो । समानुपातिक समावेशीता आयो तर त्यसको न्यायोचित प्रयोग गर्न यो समुदायले नपाइरहेको बताउनु भयो ।

मधेशीलाई अझै पनि समानस्तरमा स्वीकार गरिएको छैन् । मधेशी समदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण, सम्बर्धन तथा सशक्तीकरणको लागि सरकारको प्रमुख योगदान रहँनु पर्ने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.