महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा सामुदायिक वनका पदाधिकारी हरुलाई अख्तियारी दुरुपयोग हुन नदिन सचेतना तथा सुशासन प्रवद्र्धन अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । मंगलवार तराँई भुपरिधी कार्यक्रमको सहयोग र चुरे संरक्षण संजाल नेपाल कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
भीमदत्त नगरपालिकामा रहेका चुरेसंग जोडिएका ८ वटा सामुदायिक वनहरुका पदाधिकारीहरुसंग रहेर कानुनमा उल्लेख गरिएको ऐन नियमका विषयमा जानकारी प्रदान गर्ने र मुद्धा लाग्ने खालका कामहरु नगर्ने, ऐन नियम विपरित कार्य नगर्ने भनेर सिकाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको चुरे संरक्षण संजाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र बहादुर कुँवरले बताउनु भयो ।
विगतका दिनहरुमा काम गर्दा पनि कानुनमा रहेको ऐन नियम थाहा नभएर नै कतिपय सामुदायिक वनका पदाधिकारीहरुलाई कानुनी रुपमा समस्या भएको र मुद्धा परेको घटनाहरु भएका हुँदा अब उपरान्त काम गर्दा सहज होस भनेर यो कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
कानुन विज्ञलाई नै सहजकर्ताको रुपमा ल्याएर नेपालको कानुनले वन सम्बन्धी के भन्छ त ? के उल्लेख गरिएको छ ? भन्ने विषयवस्तुमा सहभागीहरुलाई जानकारी दिइएको चुरे संरक्षण संजाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र बहादुर कुँवरले बताउनु भयो । दवावमा रहेर काम नगर्ने, कानुनको विधी प्रक्रिया पुगाएर मात्रै काम गर्ने वातावरणको सिकाई गराउनका लागी पनि यो कार्यक्रम गरिएको बताउनु भयो ।
सामुदायिक वन राष्ट्रिय महासंघ नेपालकको अध्यक्ष धर्मानन्द भट्टले सामुदायिक वनमा पदाधिकारीहरुले गर्ने कामहरु नितिऐन नियम संगत र विधान अनुरुप हुनु पर्ने भएको हुँदा राम्रो काम गरिए पनि ऐन नियम कानुनका विषयमा जानकारी नहुँदा आफैलाई हानी हुने भएपछि त्यसको रोथामका लागी यो कार्यक्रम गरिएको बताउनु भयो । साथै सामुदायिक वनका पदाधिकारीहरुबाट विगतमा भएका गल्तीहरु अब उपरान्त नहुन भनेर सिकाउन यो कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा सहभागी जनाउनु सहिद स्मृती सामुदायिक वनका उपाध्यक्ष भएकी पार्वती धामीले यो अभिमुखकिरण कायृक्रम पहिले हुनु पर्ने बताउनु भयो । ढिलो गरी आएको भएपनि यो कार्यक्रम एकदमै आवस्यक प्रभावकारी रहेको बताउनु भयो ।
आफुहरुले विगतदेखी कार्य गर्दै आएको भएपनि कानुनमा आधारित नियम ऐन मिचेर काम गर्दा कतिपय पदाधिकारीहलाई नै समस्या भएको हुँदा अब ति त्रुटीहरुलाइ सच्चाएर लैजाने बताउनु भयो ।