महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरको हाम्रो भोजनालयले एक सयमा खाना खुवाँउदै आएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको हाम्रो भोजनालय होटलले खाना खाए बाफत ग्राहकका लागि चिट्टा उपहार बाफत स्कुटी ल्याएको थियो ।
हाम्रो भोजनालयका संचालक चक्र प्रशाद जोशीले गत १ माघदेखि ३१ बैशाखसम्म खाना खाने मध्येका ग्राहकबाट एक जनालाई स्कुटी उपहार दिने योजना अनुरुप भीमदत्त नगरपालिका १४ बनकट्टीकी संगिता कुँवरलाई १ सयमा स्कुटी उपहार परेको बताए । चार महिनाको अवधिमा हाम्रो भोजनालयमा झण्डै ३६ हजार अर्थात ३५ हजार ९९९ग्राहकले खाना खाएको भेटिएको छ ।
बनकट्टीकी संगिता कुँवरले आफुले १÷२पटक खाना आएको र चिट्टामा स्कुटी परेको होटलबाट खबर पाएपछि खुसी व्यक्त गरिन् । सुप विश्वविद्यालयमा अध्ययनरत छात्रा कुँवरले आफुले सोच्दै नसोचेको उपहार परेको बताईन । सस्तोमा गुणस्तरिय खाना खुवाउने महेन्द्रनगरको हाम्रो भोजनालय चर्चित छ ।
Comments are closed.