समाजसेवी मल्लले ९९ जना विपन्न विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गर्ने

महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुरामा रहेका आमा बुवा गुमाएका गरिव, दलित, विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने बताउनु भएको छ । उहाँले ९९ जना विपन्न, आमा बुवा गुमाउनु भएका, दलित, गरिव परिवारका विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गर्ने बताउनु भएको हो ।

आफनो व्यक्तिगत खर्चबाट सामुदायिक विद्यालयमा अध्ययनरत रहेका आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो । अहिले आमा बुवा गुमाएका २४ जना, घटाल माबी नुवाकोटमा अध्ययनरत विपन्न विद्यार्थीहरु १७ जना, जनज्योती प्रावी आदित्यपुर ३० जना, कैलपाल प्रावी डोला मनाना १८ जना, र निलकण्ठ आबी कोटेउडामा १० जना गरी ९९ जनालाई ट्रयाक सुट सहयोग गरिने समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो ।

साथै उक्त कार्यमा समन्वयका लागी मोहन भण्डारी, दीपक सिंह भण्डारी, किर्तीबहादुर ऐर, शेरबहादुर भण्डारी, दिपक भट्ट, बिशाल बस्नेत, खगेन्द्र ठकुराठी, पुरन महता लगायतलाई आग्रह गरिएको छ । बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् ।

डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.