सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, संसदीय दलमा खगराजलाई पहिलो बरियता

महेन्द्नगर नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप समेत जारी गरेको छ ।

प्रदेशसभा सदस्य ओमबिक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिएको जानकारी दिए । बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ ।

बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.