महेन्द्रनगर । कैलालीमा आफैले चलाउने ट्याक्टरमा च्यपिएर चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका(६ हरैयाको शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा गिट्टी र बालुवा सफा गरिरहेका बेला चालक गोदावरी नगरपालिका ८ बस्ने १९ वर्षीय दिनेश बुढाको बिहीवार मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा रहेको पानी ट्याङ्कीमा पानीले ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सर्दा चालक बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यपिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Comments are closed.