भीनपा प्रमुख बोगटीको सक्रियतामा अवैध संरचना माथि डोजर

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीको सक्रियतामा महेन्द्रनगर नगर विकास समितिको सरकारी जमिनमा निर्माण भएका अवैध सरचना हटाउन शुरु गरेको छ । शनिवार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा निर्माण भएका अवैध सरचनामाथि डोजर चलाएको हो ।

भीमदत्त नगरपालिकाले अवैध सरचनामाथि डोजर चलाएर हटाउन शुरु गरेको भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले बताउनु भयो । सब्जमण्डी रोड क्षेत्रको पश्चिम तर्फ निर्माण भएका अधुरा अवैध सरचना हटाउने काम भएको र नगरपालिकाको निर्माण अनुरुप अवैध सरचना हटाउने काम शुरु गरिएको प्रवक्ता अवस्थीको भनाई छ । उहाँले नगरपालिका भित्र रहेका सबै अवैध सरचना हटाउने कामलाई निरन्तरता दिने बताउनु भयो ।

आईतावार एक सुचना सार्वजनिक गर्ने र जस्ले आफना बनाएका खोकाछाप्राहरु हटाउनका लागी एक हप्ता समय दिने र पछि नहटाएमा डोजर लगाएर काम गरिने उहाँले बताउनु भयो । महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीको अग्रसरतामा अवैध सरचनामा डोजर चलेको प्रवक्ता अवस्थीले बताउनु भयो । ।

नगरपालिकाले झण्डै ८÷१० विगाह क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउन सुचना जारी गरिएको थियो । तर सुचना र म्यादको हटेरी गरेपछि डोजर नै लगाएर हटाउन शुरु गरिएको प्रवक्ता अवस्थीले बताउनु भयो । नगर प्रमुख बोगटीले सुन्दर भीमदत्त नगरको सरकारी जमिन गैर कानुनी अतिक्रमण हटाएरै छाडने बताउनु भयो । । पुरानो बसपार्क क्षेत्रमा महेन्द्रनगर नगर विकास समितिको जमिन गैर कानुनी लिजमा लिएर संरचना बनाएका थिए । अवैध सरचनामाथि डोजर चलेसंगै कम बोल्ने बढि काम गर्ने मेयर बोगटीको प्रसंसा भईरहेको छ ।

 

सम्बन्धित

Comments are closed.