कञ्चनपुर नाई संघले आमा बाबु गुमाएका बालकहरुको निशुल्क कपाल काट्ने

महेन्द्रनगर । कञ्चनपुर नाई संघले निशुल्क कपाल काट्ने भएको छ । जिल्लामा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुको संघले निशुल्क कपाल काट्ने भएको हो । आमा बाबु गुमाएका बालकहरुको कपाल काट्नका लागी सहयोगको अपिल आएपछि संघले वैठकबाट हप्ताको शुक्रवार र शनिवार आवस्यक्ता अनुसार अनाथालयमै गएर सेवा दिने भएको हो ।

कञ्चनपुर नाई संघका प्रवक्ता नरेश बहादुर कार्कीले अहिले पहिलो पटक ३ वर्षसम्म निरन्तर सेवा दिने र पछि को लागी फेरी काम गर्न नयाँ समितिसंग समन्वय गरिने उहाँले बताउनु भयो । जिल्लामा ८० वटा पसलहरु संघमा आवद्ध रहेको र सबैले आएर आफनो समय मिलाइ अनाथालयमा रहेका बालकहरुको कपाल निशुल्क काट्ने बताउनु भयो ।

समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले यो महान कार्य र सहकार्य गर्ने कञ्चनपुर नाई संघलाई धन्यवाद व्यक्त गर्नु भयो । अनाथालयले गरेको आग्रहलाई सहर्ष स्विकार गरी निशुल्क रुपमा कपाल काट्नलाई सहमती दिएर सेवा गर्ने कार्यको उच्च सम्मान रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.