भीमदत्त १८ को निशुल्क आँखा परिक्षण शिविरबाट ३ सय बढीले लिए सेवा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले आयोजना गरेको निशुल्क आँखा परिक्षण तथा उपचार शिविरबाट ३ सय बढीले सेवा लिएका छन् । शनिवार भीमदत्त नगरपालिका १८ को आयोजना र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगर र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल चाबहिल,काठमाण्डौको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरबाट ३ सय ५७ जनाले प्रत्यक्ष सेवा लिएका छन् भने, २८ जनाको आँखाको शल्यक्रिया गरिने, र ३ सय जनालाई नजिकको पढने निशुल्क चश्मा वितरण गरिएको छ । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले वार्षिक बजेट अनुसार ४० वर्ष माथकिा नागरिकहरुलाई निशुल्क रुपमा आँखाको चेकजाँच, औषधीहरु चश्मा, आँखाको शल्यक्रिया गर्नु परेमा निशुल्क व्यवस्था गर्ने गरी शिविरको आयोजना गरिएको बताउनु भयो ।

जनताको स्वास्थ्य प्रती वडा कार्यालय सजग छ चिन्ता रहेको र आफनो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै वडाले गत वर्षमा पनि यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । जनताहरुको सम्पुर्ण सवाल समस्यालाई मध्ये नजर गर्दै बाहिर नदेखिने सवाललाई पनि समेटेर वडाले जनताहरुलाई खुसी दिन र उहाँहरुको समस्यामा खडा भएर कार्य गरिरहेको बताउनु भयो ।

नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत बिरसिंह धामीले आँखा नदेख्ने , नजिक र टाढाको दृष्टिमा समस्या, पढदा लेख्दा समस्या हुने, मोतिया विन्दु भएकाहरु पनि समस्या लिएर आएको बताउनु भयो । अहिले गर्मी संगै आँखाको सरसफाईमा विषेश ध्यान दिने अनावस्यक रुपमा आँखामा हातले नछुने नचिलाउन उहाँले आग्रह गर्नु भयो ।

यस्तै आफनो आँखाको उपचार गर्न आउँनु भएका भीमदत्त नगरपालिका १८ सालघारीका प्रेमसिंह विष्टले शिविरको आयोजना गरिएको प्रती वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले यसरी वडा कार्यालयले वृद्धवृद्धाहरुलाई निशुल्क आँखको उपचार चश्मा शल्यक्रियामा कुनै पनि रकम नलिने गरी गरिएको कामलाई आगामी दिनमा पनि संचालन गर्नै आग्रह गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.