वेदकोटबाट तरकारी किसानले सहयोग पाएपछि लाखौको आम्दानी गर्दै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कृषकहरुलाई पालिकाले अनुदानमा कृषी सामग्रीहरु सहयोग गरेपछि उनिहरुले मनग्य आम्दानी गरिरहेका छन् । तरकारी उत्पादन प्रवद्धनका लागी पालिकाले अनुदानका लागी आव्हान गरेको निवेदनको आधारमा १५ वटा कृषी फर्म र कृषी समुहका कृषकहरुलाई छनौट गरी उनिहरुलाई कृषी विकास मन्त्रालयको सर्शत अनुदान मार्फत सामग्री वितरण गरिएको हो ।

एक हेक्टर जमिनमा तरकारी लगाउने कृषकलाई नगद ५० हजार अनुदान दिएर विउँ विजन कृषी औजारहरुमा ५० प्रतिशत अनुदान सहयोग गरेको वेदकोट नगरपालिकाका कृषी विकास शाखा शाखा प्रमुख देवराज बडुले बताउनु भयो । पालिकाले दिएको सहयोगले कृषकहरुको उत्पादन लागतमा लाग्ने मुल्यमा कमी हुने र उनिहरुलाई अझै तरकारी उत्पादनमा हौसला उत्प्रेरणा मिल्ने र उनिहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्न तर्फ आर्कषण बढेको उहाँले बताउनु भयो ।

यस्तै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले कृषी विकास मन्त्रालयबाट आएको ९ लाख ७० हजार बजेटमा रहेर पालिकाले गरेको अनुदान सहयोगबाट कृषकहरुले लाखौ रुपैया आम्दानी गरेको अनुगमनमा पाएको बताउनु भयो । परिवारका सदस्यहरु, लगायत कसैले ५ जना कसैले ७ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएर काम गरिरहेको पाईएको उहाँले बताउनु भयो ।

वेदकोट नगरपालिकालाई तरकारीमा आत्म निर्भर बनाउने उदेश्यको साथमा अहिले १५ कृषी फर्म, समुह मार्फत तरकारी उत्पादन गर्ने रोजगारी सर्जना गरी तरकारीमा आत्मनिर्भर हुने योजना पनि सार्थक बन्दै गएको बताउनु भयो । अहिले भारतबाट आएको विषादी भएको तरकारी प्रयोग गरिरहेको अवस्थामा वेदकोट नगरपालिकाले जैविक तरकारी बजारमा दिने र बाहिरबाट आयातित तरकारीलाई विस्थापित गर्ने योजना अनुरुप काम गरिरहेको उपप्रमुख जोशीले बताउनु भयो ।

वेदकोट नगरपालिका ५ धरमपुरमा बस्ने कलुवा कामीको वार्षिक कमाई भनेको ८ देखी १० लाख रहेको छ । परिवारका ५ जना अन्य ७ जना गरी १२ जनालाई प्रत्यक्ष रुपमा रोजगारी पनि दिएर उहाँले लाखौ रुपैया तरकारी बाट कमाएको बताउनु भयो ।

उहाँले अहिले भाडामा जमिन लिएर ३ हेक्टर जमिनमा तरकारी खेती गरिरहनु भएको छ । तरकारी विक्री गरेर उहाँले र उहाँका अन्य ३ भाईले पक्की घर निर्माण गरेको र आफना छोराछोरीहरुलाई पढाउने सबै खर्च त्यहीबाट चलाएको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.