वेदकोट नगरपालिकाद्वारा संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले न्यायिक समिति र मेलमिलापमा संचारकर्मीहरुको भुमिका सम्बन्धी १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाईनमा कार्यरत रहनु भएका संचारकर्मीहरुसंग छलफल गरेको हो ।

न्यायिक समिति वेदकोट नगरपालिका सिसैयाको आयोजनामा भएको कार्यक्रममा पत्रकारहरु, मेलमिलापकर्ता, न्यायिक समिति सदस्यहरु, उजुरी प्रशासक, कानुनी सल्लाहकार लगायतको उपश्थिती रहेको थियो । उक्त कार्यक्रममा पत्रकारहरुलाई न्यायिक समिति र मेलमिलाप केन्द्रमा हुने गरेका गतिविधीहरु, संविधानमा उल्लेख भएका विषयवस्तुहरु,राज्यका प्रमुख तहगत संरचनाको विषयमा, स्थानिय सरकार संचालन ऐन २०७४ का विषयमा छलफल भएको थियो ।

न्यायिक समिति र मेलमिलाप केन्द्रबाट प्रवाह हुने सेवा सुविधालाई अझ जनता माझ सहज र गुणस्तरिय सेवा प्रदान गर्नका लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । सहभागी पत्रकारहरुले छलफलका क्रममा स्थानिय तहमा र न्यायिक समिति तथा मेलमिलाप केन्द्र विचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै, जनतालाइ सुचना प्रवाह गर्नका लागी जनतालाई न्यायिक समिति र मेलमिलाप केन्द्रले दिने कामकारवाहीको विषयमा जानकारी प्रदान गर्न संचार माध्यमले साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

साथै, कार्यक्रमका सभाध्यक्ष न्यायिक समितिका संयोजक कार्यवाहक नगर प्रमुख तुलसी जोशीले वेदकोट नगपालिकाले न्यायका सम्बन्धमा गरेको कार्यहरुको बारेमा जानकारी प्रदान गर्नु भयो , यो चालु आर्थिक वर्षमा ८० वटा बिभिन्न विषयका विवादहरु दर्ता भएको र जसमध्ये ५२ वटा विवादको समाधान गरिएको र २८ वटा जग्गा खिचला, पारिवारिक विवाद, लेनदेन, साँध सिमाना, झैभगडा लगायतका विषयमा विवादहरु आएको बताउनु भयो ।

साथै नेपाल भरीमा पहिलो मेलमिलापकर्ताहरुका लागी उच्च तालिम (एडभान्स तालिम) प्रदान गरिएको साथै ५ दिने भलमन्सा,बडघर, गुरुवा लगायतलाई पनि तालिम प्रदान गरिएको बताउनु भयो । विवाद समाधान गर्नका लागी चाहिने ईजलास नभएको अवस्थामा अहिले आफुले अथक प्रयास गरेर ईजलास पनि स्थापना गन सफल भएको कार्यवाहक नगर प्रमुख जोशीले बताउनु भयो ।

पालिकाले न्यायको पक्षमा रहेर गरिएको विभिन्न कामहरु विवादलाई सम्बोधन गरेर सुमधुर सम्बन्ध स्थापित गरिएको विषयलाई सफलताको कथा मार्फत आम जनमानसमा पुय्राई दिन आग्रह गर्नु भयो । दिगो विकास,शान्ती र सम्वृद्धीका लागी न्याय हुनु आवस्यक रहेको बताउँदै, शान्ती नै छैन भने विकास र समृद्धीको पनि आशा गर्न सकिदैन त्यही भएर सबै भन्दा ठुलो न्याय नै भएको बताउनु भयो ।

न्याय सम्पादन गर्न आफैमा चुनौत रहेको बताउँदै यथार्थ पिडामा को रहेको छ भन्ने विषयलाई मलहम लगाउनका लागी स्थानिय तहमा निर्वाचित स्थानियवासीले राम्रो संग बुझने भएर मेलमिलापकर्तामा पनि स्थानियहरुले आफनो भुमिका तटस्थ भएर निर्वाह गरिरहेको बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा अधिवक्ता गणेश कडायत प्रशिक्षण गर्नु भएको थियो ।

उहाँले न्याय सम्पादन गर्नमा संचार क्षेत्रको अहम भुमिका रहेको बताउनु भयो । साथै पिस जर्नालिज्म शान्ती पत्रकारीताको भुमिकामा पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कस्ता विवाद मुद्धालाई हेर्न मिल्ने ? के कसरी न्याय सम्पादन गर्न सकिन्छ ? र स्थानिय तह र न्यायिक समितिले विवाद आएपछि त्यसलाई कसरी समाधान गर्न सकिन्छ कानुनले के भन्छ भन्ने विषयमा जानकारी प्रदान गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.