महेन्द्रनगर । कञ्चनपुरको होटल ओपेरा प्रालीले आफनो स्विमिङ पुल भीमदत्त नगरविकास समितिलाई बुझाएको छ । होटल ओपेराले सोमवार पत्रकार सम्मेलन गर्दै नगर विकासको जमिनमा निर्माण गरिएको स्विमिङ पुलको साँचो ताल्चा होटलका संचालक खगेश्वर बोहराले भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीलाई बुझाएका छन् ।
होटल ओपेरा प्रालीका संचालक बोहराले तिन कट्टामा रहेको स्विमिङ पुलको नगर विकाससंग अझै ४ वर्ष संचालन गर्ने गरी सम्झौता आफुहरुसंग रहेको बताउनु भयो । भीमदत्त नगर विकास समितिले जेष्ठ ८ गते सुचना निकालेर भाडामा लिएर बनाईएका घर टहरा हटाउने जानकारीको सम्मान गर्न र कुनै पनि विवादमा नरहन चाबी ताल्चा बुझाएको बताउनु भयो । साथै आफुले अवैध रुपमा जग्गाको प्रयोग नगरेको कानुनी बैधानिक तवरले नगर विकाससंग भाडामा संचालनमा ल्याएको बताउनु भयो ।
साथै बाहिर आएका हल्लाले ओपेराले नगर विकासको जमिन हड्पेको भन्ने खबर नितान्त गलत भएको बताउनु भयो । साथै उहाँले नगर विकासले तोडन चाहेमा पनि सहयोग गर्ने, संचालन गर्न दिएपनि चलाउने, विकासमा साथ र सहयोग दिने वाचा गर्नु भएको छ । साथै नगर विकास समितिको हरेक निर्णयलाई पुर्ण रुपमा पालना गर्ने र सघाउने र स्विमिङ पुलको बारेमा हुने सबै निर्णय समेत मान्ने होटलका संचालक खगेश्वर बोहराले बताउनु भयो ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवश्थीले अब नगर विकासको १ धुरको पनि हिशाव राखेर काम गरिने कसैलाई पनि नछोडने गरी काम गरिने बताउनु भयो । आफैले साँचो ताल्चा दिनु हुनेलाइ सम्मानका साथमा सहयोग गरिने नहटाउनेलाई डोजर लगाएर भएपनि अबैध जग्गा खाली गरिने बताउनु भयो । अब यो स्विमङ पुललाई के गर्ने भन्ने विषयमा प्रदेशका मानननिय ज्युहरुसंग बसेर छलफल गरेर अगाढी बढने योजना रहेको बताउनु भयो ।
तत्काल यो स्विमङ पुललाई तोडने कि राख्ने भन्ने विषयमा पछि जानकारी गराईने बताउनु भयो । २०५१ साल मंसिर १७ गते होटल ओपेरको लागी जग्गा उपलब्ध भएको थियो । स्विमिङ पुलको लागी २०७० जेठ २० गते नगर विकास समितिको स्वामित्वमा रहने गरी ३ कठ्ठा जग्गा १५ वर्षका लागी भाडामा लिएर संचालन गरिरहेको थियो ।
भीमदत्त नगरपालिकाले पछिल्लो समय अबैध रुपमा निर्माण भएका घर टहरा, सरकारी जमिनमा अनधिकृत रुपमा बसोबास गरेका संरचनालाई हटाउन सुचना मार्फत जानकारी दिइ रहेको छ । अहिले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको पुरानो बसपार्कमा नगर बिकाशको जमिनमा भएको अतिक्रमण हटाउने काम गरिरहेका छ ।