भिनपा १५ ले आयोजना गरेको रक्तदानबाट २३ पिन्ट रगत संकलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २३ पिन्ट रगत संकलन गरेको छ । गणतन्त्र दिवसको अवसरमा रक्तदान एवम रगत परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । “गरौ रक्तदान हुन्छ जिवनदान” भन्ने मुल नाराको साथमा वडा कार्यालयको आयोजना र निङलासैनी कम्प्युटर लाईफ केयर प्याथोलोजी, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय महेन्द्रनगरको सहयोगमा उक्त कार्यक्रम गरिएको वडा सदस्य हरीप्रशाद भट्टले बताउनु भयो ।

रक्तदान गर्नु जीवन दान, माहादान गर्नु जतिकै पुण्य कार्य रहेको बताउदै, रक्तदान कार्यक्रम गरि विरामीहरूलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले कार्यक्रम गरेको बताउनु भयो । मानव भएर मानवलाई अप्ठ्यारो परिस्थितिमा सहयोग एवम सेवा गर्नु नै सबै भन्दा ठुलो सेवा र धर्म रहेको वडा सदस्य भट्टले बताउनु भयो ।

आफुले यो पटक २२औ पटक रक्तदान गरेको बताउदै,आगामी दिनमा यस्तै मानवीय, सकारात्मक र रचनात्मक सामाजिक कार्य गर्न सुझाव दिदै तानसेन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । २१ ज्ना पुरुष र २ जना महिलाले रक्तदान गरेका छन् ।

यो कार्यक्रम दोस्रो पटक वडा कार्यालयले आयोजना गरेको हो । रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको स्थानिय एवम समाजसेवी मञ्जु केसीले बताउनु भयो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.