महेन्द्रनगर । कञ्चनपुर वेदकोट नगरपालिकामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेदकोट नगरपालिकाको वडा नम्वर ८ गैलनदीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । गणतन्त्र दिवसको दिन मंगलबार एक कार्यक्रमका विच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए । आफुहरु निर्वाचित भएको दिनमा पहिलो निर्णय भनेकै यस क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्नु पर्ने भनेर निर्णय गरेको नले बताए ।
आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएको र वडाका जनताको सुरक्षाका साथै गाँउमा हुने उच्छृङगल गतिबिधी, लागु औषधको गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए ।
गैर कानुनी काम स्व.नियन्त्रणका लागि वडाका व्यवसायीसंग अनुरोध गछौँ, त्यही अनुरुप थप अबान्छित गतिबिधी रोक्छौँ । पछिल्ला दिनहरुमा बृद्धि भईरहेको गैर कानुनी गतिबिधी लागु औषधको सेवन, ओसारपसार जस्ता काम कार्बाही नियन्त्रण गर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाँउमा शान्ति सुरक्षा अमन चयनका लागि अहिले अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको बताए । प्रहरी पोष्ट चौकीमा रुपान्तरणका लागि पहल गरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रहरी गाँउमा बसेपछि ढुक्क र त्रसिन नहुन आग्रह गरेका छन ।
प्रहरी गाँउमा आएपछि सबै काम प्रहरी नै गर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ, ‘उनले भने, ‘अनि त्रसित हुनुपर्ने पनि छैन, राम्रो काम गर्नुपर्छ । अभिभावक समेत सचेत हुनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । स्थानीय एव पुर्व नेपाल प्रहरी सहायक निरीक्षक केशव राज जोशीले प्रहरी चौकी स्थापनासंगै गाँउमा हुने अबाञ्चित गतिबिधी रोकिने अपेक्षा राखेका छन ।