अहिले चावी बुझाएकाहरुलाई फेरी दिने भन्ने कुरा कदापी हुँदैन ः भीनपा नगर प्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले नगर विकासको जमिनमा बनाइएका घरधनीहरुले बुझाएको चावी फेरी उहाँहरुलाई नै दिने काम कदापी नहुने बताउनु भएको छ । बुधवार पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख बोगटी भन्नु भयो, “अहिले बजारमा पनि त्यही कुराले चर्चा पाएको छ, नगर विकासले फेरी पनि जती व्यवसायीहरुले चावी दिनु भएको पछि उहाँहरुलाई नै उक्त जमिनमा व्यवसाय संचालन गर्ने दिन्छ भन्ने,

तर सबै आम जनमानस ढुक्क हुनुहोस, कसैलाई पनि फेरी त्यही ठाँउमा व्यवसाय संचालन गर्न का लागी नगर विकासले कुनै पनि सम्झौता गर्दैन” धेरै लाई लागेको छ फेरी नगर विकासले सम्झौता गर्छ की ? नगर प्रमुख बोगटीले भन्नु भयो, तर कुनै पनि हालतमा उक्त काम हुने छैन् ।

नगर विकास समितिकै जमिन लिजमा लिएर सर्वोच्च अदालतबाट बदर गरिएका व्यवसायिहरुको हकमा उनीहरुको तालाचाबी ग्रहण गर्दै भावि दिनमा १८ जेठमा हुने सर्वदलिय बैठकबाट निर्णय गर्ने मेयर बोगटीले बताउनु भयो । ‘जुन जुन व्यवसायीले नगरपालिकालाई तालाचाबी बुझाए हामीले ग्रहण गछौँ, ‘उनले भने, ‘ति संरचना हामीले ग्रहण गरेर भावि दिनमा के गर्ने विषयमा थप छलफल गरेर अघि बढ्छौँ ।मेयर बोगटीले सुदूरपश्चिम दलित छात्राबासको विषयमा समेत सर्वदलिय बैठकबाट निर्णय गरेर अघि बढ्ने बताउनु भयो ।

नेपाल बाल संगठनको जमिन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको जमिनमा बस्दै आएका व्यवसायी आफै हटेका थिए । यसैविच कञ्चनपुरका विभिन्न राजनीतिक दलमा आबद्ध युवा, विद्यार्थीले भीमदत्त नगरपालिकाले पहुँचवाला व्यवसायीसंग तालाचाबी बुझ्ने निमुखामाथि डोजर चलाउने भन्दै बिरोध गरेका छन ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जिल्लाका क्रियाशिल राजनीतिक दलका युवा नेताहरुले भीमदत्त नगरपालिका र प्रशासनमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै सबै अतिक्रमणकारीका सरचना हटाउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.