भीनपा १८ मा टोल स्तरबाट योजना छनौट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले आव २०८१÷८२ बजेट तर्जुमा का लागी टोल स्तरबाट योजना छनौट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार वडा कार्यालयमा वडा भित्र ६४ वटा टोलहरुको विकास निर्माणका कामहरु गर्नुपर्ने योजनाहरु लगायतको विषयमा भएका छलफल भएको हो ।

वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले वस्ती स्तरको योजनाको लागी वडाबाट टोलका अध्यक्ष प्रतिनिधीहरुलाई बोलाएर आव २०८१÷८२ बजेट तर्जुमा का लागी टोल स्तरबाट योजना छनौटका विषयमा र गत वर्षको बजेटको समिक्षा गरिएको बताउनु भयो । छलफल कार्यक्रममा उहाँहरुले उठान गर्नु भएका प्रश्नमा पनि छलफल गरिएको थियो ।

 

विषेश गरेर अहिले टोलका जनताहरुले सडकलाई कालोपत्रे गर्ने, ढल निकाश, सडक ग्रोभेल, खोलानालामा तटबन्ध निर्माण, सडक बत्ती जडान गरिनु पर्ने लगायतका जनताहरुको माग बढी आउको वडा अध्यक्ष्ँ देवकोटाले बताउनु भयो । आम जनताको भौतिक विकास मात्रै हुनुपर्ने मानसिकता रहेको र समुदायमा भएका लागु औषध, विपदको विषयमा रोजगारी सिर्जना गर्ने खालको तालिमहरुको विषयमा माग कम आएको बताउनु भयो ।

वडाको बजेटले सम्भव नहुने योजनाको माग बढी आएको भएर अब ती योजनाहरुलाई सम्पन्न गर्नका लागी नगर प्रमुख, प्रदेश सरकार, संघिय सरकारसंग समन्वय गरेर योजनाहरु समेटने गरी काम गर्ने बताउनु भयो ।

अब आउने ठुला योजनाहरुमा पनि आफनो वडामा लागुु हुने गरी काम पनि गर्ने वडामा रहेको ग्राभेल सडकलाई कालोपत्रेमा विकास गर्नका लागी वडाले प्रदेश,संघमा समन्वय र सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.